सेवाहरु

१.साधारण सभाले निर्दिष्ट गरे बमोजिम समितिबाट सञ्चालित हितकोषको राहत रकम वितरण गर्ने प्रक्रियालाई पारदर्शी, न्यायिक, निष्पक्षताका लागि सवारीधनीहरुलाई प्रदान गर्ने क्षतिपूर्ति तथा औषधि उपचारमा शतप्रतिशत र कृयाखर्च (शोधभर्ना) रकम उपलब्ध गराउँदै आएको छ ।

२.हितकोष सञ्चालन प्रंक्रियालाई पारदर्शी र न्यायिक बनाउने उद्देश्यले सवारी धनीहरुको विवरण अध्यावधिक गरिने कार्य तथा आवश्यक मापदण्ड निर्धारण गरिएको छ ।

३.समितिमा आइपर्ने विभिन्न समस्या तथा चुनौतिको समाधान गर्न क्षेत्रिय वैठक तथा व्यवसायिक भेला गराइन्छ ।

४.समितिमा आबद्ध ट्रक दुर्घटना हुँदा समितिको नियमानुसारको औषधि उपचार खर्च, क्षतिपूर्ति, क्रियाखर्च समेतको रकम समितिले उपलब्ध गराउँदै आउनुको साथै सम्बन्धित चालक उपर हुने मुद्दा–मामिलामा अड्डा अदालतमा समितिले कानूनी प्रतिरक्षा गर्दै आईरहेको छ । साथै ट्रकधनीहरु मार्फत पीडित पक्षहरुलाई कृयाखर्च (शोधभर्ना), औषधी उपचार र क्षतिपूर्ति समेतको रकम समितिले राहत प्रदान गराइन्छ ।समितिमा आवद्ध ट्रकहरुलाई मादक पदार्थ सेवन गरि वा सवारी चालक अनुमति प्राप्त नगरी,मासिक हितकोष नकाटि,तेश्रो पक्ष बीमा नभई र समितिबाट प्रदान गरीने चालक अनुमति पत्र नभई सवारी चलाईदुर्घटना हुन गएमा समितिको तर्फवाट कुनै क्षतिपूर्ति नव्यर्होने ।