समितिमा आबद्ध ट्रक दुर्घटना हुँदा समितिको नियमानुसारको औषधि उपचार खर्च, क्षतिपूर्ति, क्रियाखर्च समेतको रकम समितिले उपलब्ध गराउँदै आउनुको साथै सम्बन्धित चालक उपर हुने मुद्दा–मामिलामा अड्डा अदालतमा समितिले कानूनी प्रतिरक्षा गर्दै आईरहेको छ । साथै ट्रकधनीहरु मार्फत पीडित पक्षहरुलाई कृयाखर्च (शोधभर्ना), औषधी उपचार र क्षतिपूर्ति समेतको रकम समितिले राहत प्रदान गराइन्छ ।समितिमा आवद्ध ट्रकहरुलाई मादक पदार्थ सेवन गरि वा सवारी चालक अनुमति प्राप्त नगरी,मासिक हितकोष नकाटि,तेश्रो पक्ष बीमा नभई र समितिबाट प्रदान गरीने चालक अनुमति पत्र नभई सवारी चलाईदुर्घटना हुन गएमा समितिको तर्फवाट कुनै क्षतिपूर्ति नव्यर्होने ।